एप्पलले १२ वर्षमा पहिलो पटक सामसङलाई उछिन्यो

डिसी नेपाल
४ माघ २०८० ११:२०
600
Shares

काठमाडौं । १२ वर्षमा पहिलो पटक एप्पलले सामसुङलाई उछिन्दै स्मार्टफोन जगतमा पहिलो स्थान हासिल गरेको छ ।

इन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी) को तथ्याङ्क अनुसार गत वर्ष बजारमा पठाइएका सबै फोनमध्ये हरेक पाँचमध्ये एक एप्पल आईफोनहरू थिए।

सामसुङको बजार हिस्सा १९.४% थियो, त्यसपछि तेस्रो स्थानमा शाओमी र चौथो स्थानमा ओप्पो रहेको थियो ।

कोरोना महामारीपछि स्मार्टफोन बजारमा सुस्तता आएको छ ।

गत वर्ष करिब १२० करोड स्मार्टफोन बिक्री भएको आईडीसीले जनाएको छ, जुन अघिल्लो वर्षको तुलनामा तीन प्रतिशत कम हो।

यो पछिल्लो दशकमा स्मार्टफोन बिक्रीको सबैभन्दा कम संख्या हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *