दार्चुलामा प्रहरीमाथि चक्कु प्रहार

डिसी नेपाल
७ माघ २०८० २०:०७
132
Shares

दार्चुला। दार्चुलामा एक युवकले प्रहरीमाथि चक्कु प्रहार गरेका छन्।

महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवरले आइतवार १२ बजेतिर ड्युटीमा खटिएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन्।

चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताएका छन्।

उमेशले श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदीले प्रहरीमा निवेदन दिएकी थिइन्। जिल्ला प्रहरी कार्यालयमा निवेदन आएपछि उमेशलाई नियन्त्रणमा लिन सामुदायिक प्रहरी बांगाबगरबाट गएको प्रहरी टोलिमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ।

चक्कु प्रहार गरेर कुँवर फरार भएका छन्। उनको खोजी गर्न प्रहरी टोली परिचालन गरिएको छ।

उमेश र धनिशाले भदौमा भागेर बिहे गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *