विराटनगरका नक्कली डाक्टर काठमाडौंमा पक्राउ

डिसी नेपाल
८ माघ २०८० १४:२७
1.3k
Shares

काठमाडौं। विराटनगरका नक्कली डाक्टर काठमाडौंमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-२ का ४० वर्षीय समृद्ध भट्टाचार्य रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार बसुन्धराबाट पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनले नेपाल मेडिकल काउन्सिलको नक्कली सर्टिफिकेट देखाएर बिरामी जाँच गर्ने गरेका थिए। यस्तै, उनले विदेश जानेहरूको मेडिकल रिपोर्ट बनाउने गरेका थिए।

रेग्मीका अनुसार उनी धौलागिरी पोलिक्लिनिक बसुन्धरा र वी केयर नक्सालमा काम गर्ने गरेका थिए। ‘बसुन्धरास्थित पोलिक्लिनिकमा काम गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो,’ रेग्मीले भने।

उनले आफूलाई त्रिवि शिक्षण अस्पतालको चिकित्सक समेत बनाउँदै आएका थिए। ‘चीनमा एमबिबिएस अध्ययन गरेको भन्दै ढाँटेर काम गर्ने गरेको पाइएको छ,’ रेग्मीले भने। भट्टाचार्यलाई कार्यालयले पत्रकार सम्मेलन गरी सोमबार सार्वजनिक गरेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *