अयाेध्याकाे राम मन्दिरमा बिकेक ओबरायसँग बरुण चौधरीको सेल्फी

डिसी नेपाल
९ माघ २०८० ७:२४
408
Shares

अयोध्या। भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरमा हिजो प्राण प्रतिष्ठा गरियो। उत्तर प्रदेशको अयोध्यामा रहेको राम मन्दिरमा सोमबार दिउँसो १२ बजेर २९ मिनेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पूजा गरेर प्राण प्रतिष्ठा गरेका थिए। जहाँ विश्वभरीका हिन्दु धर्मालम्बीको उपस्थिति रहेको थियो।

सोही सन्दर्भमा निमन्त्रणा गरिएका विशेष अतिथिहरूमा नेपालका वरुण चौधरी पनि सहभागी भएका छन्। आयोजक श्री राम जन्मभूमि तिर्थ क्षेत्रले निमन्त्रणा गरेको चौधरीलाई बिशिष्ट पाहुनाहरू प्रवेश हुने सुग्रिव किल्लाबाट प्रबेशको व्यवस्था मिलाएको थियो।

उद्योगपत्ति भएर पनि धर्म, संकृति नभुलेकोमा सामाजिक सञ्जालहरुमा वरुणलाई धेरैले नेपालीले उनको खुलेर तारिफ गरेका छन्। केही समय अघि उनले बागेश्वर बाबालाइ नेपाल ल्याएर हिन्दुहरूको ठुलो जमघट गराए पछि भारतमा उनको चर्चा परिचर्चा भएको थियो।

जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका तर्फबाट नेपालका १५ जना प्रमुख सन्त–महन्थलाई बोलाईएको थियो। जसमा अयोध्याबाट निम्ता पाउनेमा जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ राम तपेश्वर दास र उत्तराधिकारी महन्थ राम रोशन दास सीताको माइतीबाट जाने उनीहरूलाई पनि विशेष रुपमा हेरिएको थियो।

चतराधाममा बस्ने जगदगुरु बालसन्त मोहन शरण देवाचार्य, देवघाटमा रहेको हरिहर सन्न्यास आश्रमका पीठाधिश स्वामी ज्ञानानन्द सरस्वतीसहित तीन जना, पशुपतिनाथ मन्दिरका मूलभट्ट रावल गणेश भट्ट आदिलाई निमन्त्रणा गरिएको थियो।

सन् २०२० अगष्ट ५ मा प्रधानमन्त्री मोदीले उक्त मन्दिरको शिलान्यास गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *