चिनियाँ उपमन्त्री हेयानकाे टाेली आज नेपाल आउँदै

डिसी नेपाल
१२ माघ २०८० ६:५५
80
Shares

काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल आज नेपाल आउँदैछ।

अन्तर्राष्ट्रिय विभागका उपमन्त्री हेयान नेतृत्वको प्रतिनिधि मण्डल आज बिहान ११ः ०० बजे नेपाल भ्रमणमा आउन लागेको हो।

चार दिने भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि लिएर विभिन्न दलका शीर्ष नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।

उपमन्त्री सुनले नेपाल बसाइँका क्रममा विभिन्न दलका नेताहरूसँग माघ १४ गते सोल्टी होटेलमा सामूहिक छलफल गर्ने कार्यक्रम रहेको छ ।

चार दिने भ्रमणका लगि नेपाल आउन लागेको उक्त टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि लिएर विभिन्न दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *