‘सारेगमप लिटिल च्याम्प’मा चौंथो भएका आयुष स्वदेश फर्किए

डिसी नेपाल
२८ जेठ २०७६ ११:५४

काठमाडौं। चर्चित भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा चौथो भएका आयुष केसी स्वदेश फर्किएका छन्।

उनी सोमबार विहान करिब साढे १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। केसीलाई उनी अध्ययनरत विद्यालयका शिक्षक, आफन्त तथा अन्य विद्यार्थीहरुले स्वागत गरेका थिए।

आइतबार साँझ भएको जी टीभीको फाइनल कार्यक्रममा प्रतिष्पर्धा गरेका अर्का गायक प्रितम आचार्य भने तेस्रो भए। फाइनलमा ६ जना पुगेका थिए।

कडा प्रतिष्पर्धाबीच फाइनलमा पुगेका प्रितम र आयुषको स्वरको जादूले नेपाली तथा भारतीय दर्शकको मन छोएको छ।

आयुषको स्थायी घर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ हो। हाल उनी भक्तपुरमा अध्ययनरत छन्। आयुष भक्तपुरको मोर्डन बोर्डिङमा कक्षा ७ मा पढ्छन्।

२०६५ जेठ १० मा इटहरी जन्मिएका प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए। उनी इटहरीको विश्व आदर्श विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन्। उनी २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा दोस्रो भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *