मुलुकलाई निकास दिन नयाँ राजनीतिक सम्झौता आवश्यकः अध्यक्ष लिङ्देन
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई निकास दिनका लागि नयाँ राजनीतिक सम्झौता आवश्यक रहेको बताएका छन्।
नेपाल प्राज्ञिक परिषद्ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लिङ्देनले अहिलको व्यवस्थाका कारण मुलक अप्ठेरो अवस्थामा रहेको भन्दै मुलुकलाई निकास दिनका लागि नयाँ राजनीतिक सम्झौताको खाँचो रहेको बताएका हुन्।
राप्रपाको धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता खारेजीको माग मुलुकलाई पछाउने बिषय नभएको भन्दै उनले हिजो र आजका राम्रा कुरालाई लिएर नयाँ ढंगले अघि बढ्नुपर्ने उल्लेख गरे। उनले माओवादीदेखि राजासम्म सवै रहने व्यवस्था आउनुपर्ने धारणा व्यक्त गरे।
उनले सत्ता टिकाउनका लागि विदेशीसामू लम्पसार पर्ने, दूतावासहरुलाई करौडौ खर्च दिने लगाएतका कामले गणतन्त्रको १५ बर्ष नेपालको राष्ट्रियतालाई कमजोर पार्ने काममा प्रयोग भएको तर्क गरे।
लिङ्देनले आफ्ना मागहरुलाई पुरा गर्नका लागि राप्रपाले छिटै आन्दोलन गर्ने र आफुहरुको आन्दोलन शान्तिपूर्ण हुने स्पष्ट पारे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment