‘शिवशक्ति बाबा’को उदाहरणीय कार्य- झारफुकबाट आएको पैसाले विद्यार्थीलाई पोशाक वितरण

डिसी नेपाल
१४ माघ २०८० १५:०२
44
Shares

विराटनगर। सेवा गर्ने मन भएपछि प्रशस्त धन सम्पत्ति चाहिँदैन भन्ने उदाहरण प्रस्तुत गरेका छन्, मोरङको लेटाङ–९ जाँतेका शिवशक्ति बाबा भनिने सुजन कुमार पूर्वछाने मगरले।

मगरको दैनिकी औसत मानिस जस्तै चल्ने गर्छ । उनी झारफुक गर्छन् । सोही झारफुकबाट जम्मा भएको रकम उनी समाजसेवामा खर्च गर्छन् ।  शुक्रबार उनले लेटाङ–९ जाँतेको शिक्षा ज्योति आधारभूत विद्यालयका ३५ जना विपन्न बालबालिकालाई पोशाक वितरण गरे ।

लेटाङ–९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडा, वडासदस्यहरू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला राई लगायतको उपस्थितिमा उनले ४० हजार रुपैयाँ बराबरको विद्यालय पोशाक वितरण गरेका हुन् ।

माघको ठिहीमा फाटेको एकसरो लुगा लगाएर विद्यालय गइरहेको विद्यार्थी देखेपछि उनको मनमा दया लाग्यो । त्यसपछि उनले १०र२० रुपैयाँ गरेर जम्मा गरेको रकमबाट विद्यार्थीलाई पोशाक दिए ।  ‘मसँग केही छैन ।  विपन्न नानीहरू त्यो पनि दलित र जनजाति समुदायको बाहुल्यता रहेछ । त्यसैले सानो सहयोग स्वरुप पोशाक वितरण गरेको हुँ,’ उनले भने ।

पोशाक वितरण कार्यक्रममा देखिएका अधिकांश विद्यार्थीको लुगा च्यातिएको थियो भने खुट्टामा चप्पलसम्म थिएन । उनले भने, ‘कम्तीमा एउटा झोला र एक\एक जोर जुत्ता वितरणको वातावरण मिलाउन मन छ, हेरौं भगवानको कति आशिर्वाद रहन्छ ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *