मकाउ पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
काठमाडौं। वैदेशिक रोजगारीको लागि मकाउ पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौंको महाराजगन्ज बस्ने वर्ष ५३ को पृथ्वीराज सिग्देल रहेका छन्।
वैदेशिक रोजगारीको लागि मकाउ पठाउन प्रतिव्यक्ति नौ लाख रुपैयाँ लाग्ने र मकाउ पुगेपछि प्रतिष्ठित कम्पनीमा सेक्युरिटी गार्डको काममा मासिक १ लाख ८० हजार रुपैयाँ तलव हुन्छ भनी प्रलोभनमा पारि उनले ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।
पीडितहरूबाट पटक पटक गरी २ लाख ७० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका सिग्देललाई अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले माघ १२ गते दरबारमार्गबाट पक्राउ गरेको थियो।
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment