हमास लडाकु लुकेका सुरुङमा इजरायलले पानी भरिदिने, भूमध्यसागरमा ठूला पम्पहरू जडान

डिसी नेपाल
१८ माघ २०८० १५:४१
344
Shares

काठमाडौं । इजरायली सेनाले हमास आतंकवादीहरूको सुरुङमा पानी भरेर ठूलो मात्रामा बाढी ल्याइदिएको आधिकारिक रूपमा स्वीकार गरेको छ । इजरायली सेनाले गाजाका ८०० भन्दा बढी सुरुङमा पानी भर्ने केही हप्तादेखि तयारी गरिरहेको थियो । तर यस विषयमा मौन थियो । इजरायलले यी सुरुङहरूलाई नुनिलो समुद्रको पानीले भरिरहेको छ। जसका लागि ठूला पम्पहरु जडान गरिएको छ ।

यस सम्बन्धमा पहिलो खुलासा अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले गरेको हो । जसमा एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इजरायली सेनाले भूमध्यसागरको छेउमा पाँचवटा ठूला पम्पहरू जडान गरेको बताएको थियो। यसबाट सबै सुरुङहरू समुन्द्रको पानीले भरिनेछ। यी पम्पहरू अल-शाती शरणार्थी शिविरको उत्तरमा जडान गरिएको थियो। त्यहाँबाट करिब डेढ किलोमिटर लामो पाइप बिछ्याइएको छ ।

प्रत्येक पम्पमा हरेक घण्टा हजारौं घनमिटर पानी तान्न सक्ने शक्ति छ। हमासका आतंककारीहरूले गाजामा रहेका सुरुङहरूबाट छापामार युद्ध चलाउने गर्थे। त्यसबेला इजरायलले यस परियोजनाको बारेमा आधिकारिक बयान जारी गरेको थिएन। गाजामा पानीको अभाव थियो, त्यसैले यो परियोजनाले गाजाका जनतालाई पानी पुर्‍याउने हो कि होइन भन्ने प्रश्न उठेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *