माल्दिभ्सका पूर्व राष्ट्रपतिले एक्कासी देश छोडे

डिसी नेपाल
१९ माघ २०८० १५:०१
188
Shares

काठमाडौं । माल्दिभ्समा राजनीतिक उथलपुथल जारी छ । यसैबीच, देशका पूर्व राष्ट्रपति नसिद घाना सरेको समाचार छ। उनले हालै सक्रिय राजनीतिबाट सन्यास लिने घोषणा गरेका थिए ।

नाशिद (५६)ले सामाजिक सञ्जाल पोष्टमा क्लाइमेट भल्नेरेबल फोरमको महासचिवका रूपमा काम थाल्न घानाको राजधानी अक्रा पुगेको बताए । उनले सीभीएफको सचिवालय घानामा रहेको र आगामी केही वर्षसम्म घाना आफ्नो घर हुने बताए ।

नसिद सन् २००८ देखि २०१२ सम्म माल्दिभ्सका राष्ट्रपति थिए । उनी सन् २०१९ देखि २०२३ सम्म माल्दिभ्सको संसदको सभामुख पनि थिए। नसिद घानामा सर्ने घटनाक्रमका बीच संसदले संसदलाई जानकारी नदिई अस्थायी रूपमा घाना सरेको बताएको छ।

संसदका सञ्चार निर्देशक हसन जियाउलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ ‘नसिदले कस्तो जिम्मेवारी सम्हाल्ने योजना छ भनी हामीलाई अहिलेसम्म बताएका छैनन् ।

जियाउले भने ‘नसिदले संसदबाट बिदाको लागि आवेदन दिएका छैनन् र उनले आफ्नो कार्यकालको बाँकी तीन महिनाको तलब प्राप्त गरिरहनेछन्।’

गत महिना नसिदले सीभीएफ को महासचिवको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न सक्रिय राजनीतिबाट छोटो समयको लागि टाढा रहेको घोषणा गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *