गोपीकृष्ण सिनेमा हल बन्द हुने

डिसी नेपाल
२६ माघ २०८० १६:३०
192
Shares

काठमाडौं। गोपीकृष्ण सिनेमा हल आगामी १ फागुन देखि बन्द हुने भएको छ।

गोपीकृष्ण सिनेमा हल आगामी १ फागुन देखि बन्द हुनेबारे शुक्रबार गोपीकृष्ण मुभिज प्रा.लिले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो।

कोरोनाकालदेखि चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दी र राज्यको विद्यमान कर प्रणालीको कारण १ फागुन देखि हल बन्द गने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

गोपीकृष्ण सिनेमा हल २०५२ सालदेखि सञ्चालनमा आएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *