१५ लाख घुससहित रङ्गेहात पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर
काठमाडौं। घर बाटो सिफारिस वापत रु १५ लाख घुससहित पक्राउ परेका काभ्रेको बनेपा नगरपालिका – ९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा निजलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यही माघ ३ गते रङ्गेहात पक्राउ गरेको थियो।
नृपेश बादेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा विगो रु १५ लाख कायम गरी सोही ऐनको दफा ३ को उपदफा १ को देहाय (च) बमोजिम कैद सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment