डा. शम्भु जमरकट्टेल ‘हेदाङ्ने’को बुद्ध तिम्रो देशमा गीत सार्वजनिक (भिडियो)

डिसी नेपाल
२७ माघ २०८० ८:५३
376
Shares

काठमाडौं। डा शम्भु जमरकट्टेल ‘हेदाङ्ने’ को गीत बुद्ध तिम्रो देशमा सार्वजनिक भएको छ।

एउटा नेपाली साहित्य विशेष गरि गीत कविताका क्षेत्रमा दशकौंदेखि कलम चलाइरहेको समाजशास्त्रको प्रोफेसर डा. जमरकट्टेलको शब्द रहको गीतमा देशको वर्तमान अवस्था, सिमाना, जनसंख्या र प्राकृतिक श्रोतले मात्र देश जीवित हुन नसक्ने र देश जीवित रहनलाई राष्ट्र र राष्ट्रियता हरेक नागरिकको मनमा जागृत भएको हुनुपर्ने भाव गीतमा रहेको छ।

तर पछिल्लोसमय शान्ति क्षेत्र भनेर कहलिएको बुद्ध जन्मिएको देशमा हत्या हिंसा, सामाजिक विभेद र भाइ-भाइको वीचमा जातीयताको लडाई चलेको देखेर मन दुखेको अवस्था एकातिर, अर्कातिर राष्ट्रियताको पहिचान मास्न लागिपरेको सरकार देखेर भाव विह्वल भएर लेखिएको यो गीत।

गीत फेब्रअरी २ मा रिलिज भएको छ। यो गीत डा. शम्भु जमरकट्टेल “हेदाङ्ने“ ले लेखेका हुन्। स्वरुपराज आचार्य र प्रेक्षा गौतमको स्वर रहेको यो गीत प्रेक्षा गौतमले नै संगीत भरेकी छन्। गीतको भिडियो कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार गरिएको छ।

रिलिज भएको पहिलो हप्तामा नै इमेज एफ. एम. रेडियोको स्टार अफ द विकमा छानिन सफल यो राष्ट्रवादी गीत शनिबारबाट एक हप्ता इमेज एफ.एम. मा नियमित सुन्न सकिनेछ। यो गीतका लेखकको युटूव च्यानलमा गीत हेर्न र सुन्न सकिने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *