प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ

डिसी नेपाल
१ फागुन २०८० २०:०६
80
Shares

काठमाडौं। प्रहरी हुँ भन्दै ठगी गरेको अभियोगमा बैतडी पुर्चौडी नगरपालिका–६ घर भई चन्द्रागिरि नगरपालिका–१४ नैकाप डेरा गरी बस्ने २४ वर्षीया अमिला कुमारी साउँदलाई प्रहरीले पक्राउ गरेको छ।

साउदले आफूलाई नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक हुँ भन्दै दैलेख नारायण नगरपालिका–११ बस्ने २६ वर्षीया महिलालाई राष्ट्रिय अनुसन्धान विभागको सिपाही पदमा जागिर लगाईदिने प्रलोभनमा पारी नगद १ लाख ५० हजार रूपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। साथै उनको साथबाट नेपाल प्रहरीको पोसाक १ जोर, प्रहरी सहायक निरीक्षकको दर्ज्यानी चिन्ह १ थान, नेमप्लेट १ थान, बुट १ जोर, बेल्ट १ थान र मोबाइल १ थान समेत बरामद भएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *