व्यवस्था नै परिवर्तन हुने स्थिति छैन : सभामुख घिमिरे

डिसी नेपाल
३ फागुन २०८० १३:१९
24
Shares

बिराटनगर। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकलाई समृद्धिको दिशातर्फ अघि बढाउन राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन्।

बिहीबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले व्यवस्था प्रति बढेको वितृष्णा अन्त्य गर्न, राष्ट्र निर्माण र आर्थिक समृद्धिका लागि राजनैतिक दलहरु बीच छलफल र सहकार्य हुनुपर्ने बताएका हुन्।

उनले केहीको चाहनाका आधारमा व्यवस्था नै परिवर्तन हुने स्थिति नभएको र जनतामा देखिएको निराशा अन्त्यका लागि राजनीतिक दलहरु र नागरिकहरु एकतावद्ध हुनुपर्ने बताए।

सभामुख घिमिरेले भर्खरै सुरु भएको संसदको हिउँदे अधिवेशनलाई बिगतको अनुभवका आधारमा गतिशिल बनाएर लैजानुपर्ने जनाए।

उनले सरकारले चालू अधिवेशनमा सरकारले करिब ६१ वटा विधेयकहरु ल्याउने तयारी गरेकाले यसपटक धेरै कानुन निर्माण हुन सक्ने जिकिर गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *