साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त
काठमाडौं। साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले) ले गहिरो दुःख व्यक्त गरेको छ।
एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले शुक्रबार विज्ञप्ति जारी गर्दै दिवङ्गत नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।
एमालेले निर्दोष नागरिकको ज्यान जाने गरी हुने जुनसुकै हिंसात्मक घटनाहरू मानवता र मानवीय मूल्य-मान्यताविपरीत रहेको जनाएको छ। पार्टीले विश्व शान्तिको पक्षमा आफूहरू सधैँ दृढताका साथ उभिएको उल्लेख गर्दै यस्ता अमानवीय घटनाको घोर निन्दा तथा भर्त्सना गरेको छ।
नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको वैदेशिक द्वन्द्वका कारण नेपाली नागरिकले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउनु अत्यन्तै दुःखद र चिन्ताजनक रहेको एमालेको ठहर छ।
वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नेपाली कामदारहरूको सुरक्षा र हकहित सुनिश्चित गर्न एमालेले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment