तथ्य तथ्यांकमा आधारित जिम्मेवार पत्रकारिता गर्न मन्त्री श्रेष्ठको सुझाव
चितवन। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले तथ्य तथ्यांकमा आधारित जवाफदेही र जिम्मेवार पत्रकारिता गर्न सुझाव दिएका छन्।
बिहीबारदेखि चितवनको सौराहामा सुरु पटकथा लेखन कार्याशाला तथा तथ्यांकमा आधारित पत्रकारिता तालिम कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले ‘फास्टफूड पत्रकारिताको सट्टा डेटाबेस’ पत्रकारिता गर्न सुझाएका हुन्।
‘नेताहरु उडन्ते भाषण गर्छन्, पत्रकार त्यसलाई निबन्ध बनाउने प्रवृत्ति बढेको छ, तथ्य तथ्यांक आधारमा जवादेही र जिम्मेवार पत्रकारीता गर्नुहोस्’ उनले सुझाव दिए।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री श्रेष्ठले नेपाली सिनेमा क्षेत्रमा दर्शकलाई जबर्जस्ति सिनेमा हेर भन्ने जस्तो अवस्था रहेको बताउँदै दर्शकको चाहना सिनेमामा आउनुपर्नेमा जोड दिए । उनले बागमती प्रदेशले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा अघि सारेको बताउँदै मातृभाषालाई प्राथमिकता दिन आग्रह गरे।
कार्यक्रमका अध्यक्ष, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटाले प्रविधिको विकाससँगै आफूलाई रुपान्त्तरण गर्न कार्यालयले तालिम आयोजना गरेको बताए। उनले नक्कलमा भन्दा मौतिकतामा जोड दिन आग्रह गरे ।
मोबाइल, अनलाइन, डेटाबेस पत्रकारितामा कार्यालयले जोड दिएको जानकारी दिँदै ‘ब्रेनमा गरेको लगानी खेर नजाने’ बताए। मन्त्री श्रेष्ठ र रजिष्ट्रार सापकोटाले उत्कृष्ट हुने पटकथालाई प्रोत्साहन स्वरुप रु एकलाख सिड मनी दिइने जानकारी दिए । कार्यक्रममा दुबै विधाका गरी चालीस बढी प्रशिक्षार्थीको सहभागीता रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment