गच्छदारले पाए सफाइ, तत्कालीन सचिव बस्न्यातसहित कर्मचारी र विचौलिया दोषी ठहर
काठमाडौं। ललिता निवासको सरकारी जग्गा प्रकरणमा कांग्रेस नेता तथा पूर्व मन्त्री विजय कुमार गच्छदारले सफाइ पाएका छन्। विशेष अदालतले बिहिबार गच्छदारसहित पूर्व पूर्व भुमिसुधार मन्त्री डम्बर श्रेष्ठलाई आरोप दाबी पुग्न नसकेको भन्दै सफाइ दिएको हो। गच्छदारमाथि २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो। उनीमाथि ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आज सफाइ पाएका हुन्।
विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बालुवाटारको जग्गा व्यक्तिको नाममा दाखिला गर्ने कर्मचारी र विचौलियालाई दोषी ठहर गरेको छ। अदालतले तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, कलाधर देउजासहित मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीलाई दोषी ठहर गरेको हो।
बस्न्यात अख्तियारका पूर्व प्रमुख आयुक्त समेत हुन्। बस्न्यातलगायतलाई जनही ८० लाख ४८ जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएको छ। जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने सुवर्ण शमशेरका परिवारसहित रामकुमार सुवेदी, शोभाकान्त ढकाल पनि दोषी ठहर भएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment