राप्रपा नेपालको कार्यसम्पादन समितीको बैठक आज बस्दै

डिसी नेपाल
५ फागुन २०८० ६:५२
44
Shares

काठमाडौं। राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज काठमाडौंमा बस्ने भएको छ।

बैठकमा केन्द्रीय कार्य समितिले गरेका निर्णय कार्यान्वयनको अबस्था, सात क्षेत्र र तराई- मधेस क्षेत्रमा संचालन गरिएको प्रशिक्षणको समीक्षा, पार्टीको सांगठनिक अबस्था, भावी कार्ययोजना तथा आन्दोलन र बृहत् राष्ट्रबादी मोर्चा निर्माणका बारेमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

उनका अनुसार पार्टी अध्यक्ष कमल थापाले बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्यदिशा बारे धारणा राख्नेछन् यस अघि बसेको पार्टी केन्द्रीय समिती बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको बाटो असफल भएकोले ब्यबस्था र प्रणाली परिबर्तन गर्नको लागि आन्दोलनमा जाने निर्णय गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.