एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै, बैठकका ६ कार्यसूची तय
काठमाडौं। नेकपा (एमाले)ले यही आजदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरेको छ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको जानकारी दिए। उनका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन्।
साथै बैठकमा समग्र पार्टीको सांठनिक कामको समीक्षा तथा पार्टीको शुद्धिकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ।
यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरु तथा समसामयिक प्रस्ताव रहेका प्रचार विभाग प्रमुख गौतमले बताए।
एमालेको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ। बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment