सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्छ : अध्यक्ष तिमिल्सिना

डिसी नेपाल
८ फागुन २०८० ११:३५
28
Shares

काठमाडाैं। राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष श्री गणेशप्रसाद तिमिल्सिनासँग इन्टर पारिस, पार्लियामेन्ट इन पार्टरनसिपका प्रमुख जोनाथन मफीले नेपाल भ्रमणकाअवसरमा मंगलबार सिंहदरबारस्थित कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।

भेटका अवसरमा अध्यक्षले संसद जनताका सवाल उठाउने र कानुन निर्माण गर्ने थलो भएकाले यसलाई प्रभावकारी बनाउन सक्दा प्रजातन्त्र बलियो हुने बताए। उनले सरकारलाईं कसरी संसद र जनताप्रति उत्तरदायी बनाउन सकिन्छ भन्ने कुरामा इयुबाट सहयोग हुने अपेक्षा ब्यक्त गरे।

अध्यक्ष तिमिल्सिनाले नेपालको संसद भवन भूकम्पमा क्षतिग्रस्त भएपछि नयाँ बन्ने चरणमा रहेकाले त्यसलाई कसरी प्रबिधियुक्त तथा पेपरलेस बनाउन सकिन्छ तथा साँसद र संसदका कर्मचारीको क्षमता बिकासका लागि पनि सहकार्य गर्न इच्छुक रहेकाे बताए।

भेटमा प्रमुख मर्फीले प्रजातन्त्र नै युरोपेली संसदको गहना भएको बताउँदै नेपालको संसदसँग प्रजातान्त्रिक पद्धति बलियो बनाउने उल्लेख गर्दै आगामी दिनमा आवश्यकताका आधारमा दुई पक्षीय सहयोगका बिषयमा सहकार्य गर्दै जान सकिने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.