माओवादीको स्थायी समिति बैठक : नेताहरूकाे कार्यविभाजनबारे छलफल हुने
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ।
पार्टी कार्यालय पेरिसडाँडामा अपराह्न १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति र नेताहरुको कार्यविभाजन चारमहिने अभियानको विषयमा छलफल हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।
बैठकमा भावी कार्ययोजना, कार्यविभाजन र नयाँ अभियान सञ्चालन गर्नेबारेमा छलफल हुने सचिव उपाध्यायले बताए। माओवादीले गत भदौ १६ देखि पुस १७ सम्म ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गरेको थियो।
उक्त अभियान प्रभावकारी देखिएको उल्लेख गर्दै भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकपछि माओवादीले क्षेत्रगत आधारमा नयाँ अभियान सञ्चालन गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment