गठबन्धन सरकार र गलत प्रवृत्तिका पात्रले राष्ट्रिय हितमा आघात पुर्‍याएको एमालेको निष्कर्ष

डिसी नेपाल
१० फागुन २०८० २०:११
8
Shares

काठमाडौं। नेकपा एमालेले आगामी वर्षलाई पार्टीको शुद्धीकरण र सुदृढीकरणको वर्षको रुपमा अघि बढाउने निर्णय गरेको छ।

बिहीबार पार्टी कार्यालयमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ पार्टीलाई अघि बढाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। त्यस्तै बैठकले जनसरोकारको मुद्दामा जनदबाब र जनपरिचालको एजेण्डा छिटै सार्वजनिक गर्ने बताए। बैठकले गठबन्धनका कारण राज्य संकट पर्दै गएको निष्कर्ष निकाल्दै संकटबाट मुक्त गर्न एमालेले निर्णायक भूमिका निर्वाह गर्ने संकल्प गरेको ज्ञवालीले बताए।

त्यस्तै विभिन्न २२ वटा प्रस्ताव पारित गर्दै एमालेले गठबन्धन सरकार र गलत प्रवृत्तिका पात्रले राष्ट्रिय हितमा आघात पुर्‍याएको निष्कर्ष निकालेको छ। सरकारको भ्रष्टाचार नियन्त्रणको नारा स्टण्टबाजीमा परिणत भएको एमालेको ठहर छ। विभिन्न काण्डहरूको छानबिनमा व्यवसायीहरूपिच्छे दोहोरो मापदण्ड अपनाइएको र आफ्ना मान्छेहरूलाई अपराधबाट उन्मुक्ति दिन न्यायालयलाई प्रभावित र महान्यायाधिवक्ता कार्यालयको दुरूपयोग गरिएको पार्टीको निष्कर्ष रहेको ज्ञवालीले बताए।

बैठकले तस्करी र भ्रष्टाचारलाई संरक्षण गर्ने सरकार र शासन सञ्चालनमा उसको द्वैध चरित्रको विरोध गरेको छ भने टेरामक्स काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी देखिएका र विभिन्न विवादमा मुछिएका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.