अँगेनोको आगोले घर खरानी
मलेखु। पानी परेर चिसो बढेपछि कोठा न्यानो बनाउन अँगेनोमा बालेको आगो सल्किँदा उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–१ रिचेतमा एउटा घर जलेर खरानी भएको छ।
गएराति अँगेनोको आगो फुसको छानामा फैलिएपछि सिपी तामाङको कच्ची घर जलेको स्थानीय पूर्ण तामाङले जानकारी दिए। ‘दिउँसो पानी परेको थियो, साँझ चिसो बढेकाले परिवारका मानिसले अँगेनोमा आगो तापेर त्यसै छाडेका रहेछन्’, तामाङले भने, ‘अँगेनोमा आगो निभेको ठानेर सुत्न गएका उनीहरु घरमा आगो लागेपछि ब्युँझिएका थिए । आगोले घरमा रहेको सबै अन्नपात नष्ट भएको छ।’
करिब २० मुरी धान, मकै, कोदोलगायत घरमा भएका सबै अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ। आगलागीबाट करिब रु १३ लाख बराबरको क्षति भएको स्थानीयले बताएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment