मारेर गाडेको अवस्थामा नवलपुरमा बाघ फेला

डिसी नेपाल
१२ फागुन २०८० १९:२३
100
Shares

काठमाडौं। पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ को नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मारेर गाडेको अवस्थामा फेला परेको छ। रोयल बेंगल टाइगर प्रजातिको भाले वयस्क बाघ मृत फेला परेको चोरमारा रेन्जपोस्टका वन अधिकृत दुर्गादत्त कँडेलले बताए।

उनका अनुसार पूर्व–पश्चिम सडकबाट ५ सय मिटर दक्षिण, अरुणखोला बजारबाट १ किलोमिटर पूर्व, हर्बासटार गाउँबाट डेढ किलोमिटर उत्तरमा बाघ भेटिएको हो। बाघ जंगलको खोल्सामा खाल्टो खनेर गाडेको अवस्थामा भेटिएको हो।

जंगलमा हेरालुले गन्हाएको थाहा पाएपछि हेर्दा बाघको पछाडिको खुट्टा देखिने गरी पुरिएको अवस्थामा देखेपछि सामुदायिक वनका पदाधिकारीलाई खबर गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *