एनआरएनए बहराइनमा लक्ष्मी गिरीको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति

डिसी नेपाल
१६ साउन २०७६ १०:३५

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) बहराइनको सातौँ महाधिवेशन सम्पन्न भएको छ । गत शुक्रवार मान्ममा सम्पन्न महाधिवेशनले लक्ष्मी गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

एनआरएनए आइसीसी उपाध्यक्ष कुमार पन्त, सचिव डिबी क्षेत्री, आईसीसी सदस्य मनोज गोर्खाली, कल्याण श्रेष्ठ, राजु सैयद, सुदीप कार्की, दुर्गा गिरीलगायतको उपस्थितिमा महाधिवेशन सम्पन्न भएको थियो ।

महाधिवेशनबाट निर्वाचित हुने कार्य समितिका अन्य पदाधिकारीहरूमा प्रथम उपाध्यक्ष प्रेम बहादुर क्षेत्री, द्वितीय उपाध्यक्ष अमर श्रेष्ठ, महिला उपाध्यक्ष कृष्ण कुमारी गुरुङ, महासचिवमा राजुकुमार श्रेष्ठ, सचिव राजु खत्री, कोषध्यक्ष विष्णुप्रसाद आचार्य, सह कोषाध्यक्ष देवेन्द्र गिरी छन्

त्यसैगरी महिला संयोजकमा लक्ष्मी क्षेत्री तथा युवा संयोजकमा तीर्थबहादुर भण्डारी, पर्यटन संयोजकमा सुशील भण्डारी निर्वाचित भएका छन् ,भने कार्यसमिति सदस्यहरूमा दीप विक्रम राना, तिलकबहादुर कार्की, कमला सुनार बिक, रविन केसी र संगीता खत्री रहेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *