इवीजा फेसन नाइटका लागि १४ मोडल छनौट
काठमाडौ। ‘मोडलिङ जगतको सम्मान र नेपाली फेसनको प्रवद्र्धन’ गर्ने उद्देश्यसहित राजधानीमा ‘इवीजा फेसन नाइट २०१८’ आयोजना हुने भएको छ।
८ सेब्टेम्बर अर्थात भदौ २३ गते ‘इवीजा लाउन्ज’ ठमेलमा आयोजना हुने फेसन नाइटमा १४ फिमेल र ४ मेल मोडलले र्याम्प नाप्नेछन्।
प्रवद्र्धन, ब्याबस्थापन गर्दै फेसन बारे सर्वसाधारणलाई जानकारी दिने उदेश्य फेसन नाइटको रहेको आयोजक इवीजा लाउन्ज प्रोपाइटर राजुु दनईले जानकारी दिए।
पार्टी वेयर, वेडिङ लगायत थिममा ४ फेसन डिजाइनरले तयार गरेको बिभिन्न आधुनीक पहिरन मोडलले कोरियोग्राफर सृजना रेग्मीको कोरियोग्राफीमा र्याम्पमा प्रस्तुत गर्नेछन्।
इवीजा फेसन नाइटमा सहभागी हुने मोडल छान्ने उदेश्यले मंगलबार राजधानीमा मोडल सेलेक्सन अडिसन समेत भएको थियो। मोडल अभिनेत्री सृजना रेग्मी, सुपर मोडल सविता कार्की, मोडल मनचिज शाक्य, नेक्स्ट मोडल नेपालका सिइयो रवी धमला लगायत छनौट अडिसनको निर्णायकमा रहेका थिए।
१४० बढी नयाँ तथा पुराना मोडल सहभागी अडिसन राउन्डबाट फेसन नाइटका लागि १४ महिला मोडल छानिएका छन्। उत्कृष्ट भन्दा पनि उत्कृष्ट मोडल फेसन नाइटका लागि अडिसन मार्फत छानिएको आयोजकको भनाइ रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment