काठमाडौंमा छिटफुट वर्षाको सम्भावना
काठमाडौं। काठमाडौं उपत्यकामा मौसम बदली भएसँगै छिटफुट वर्षाको सम्भावना रहेको छ।
पश्चिमी वायुको प्रभावका कारण बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुवको प्रभावका कारण आज काठमाडौंसहित देशका केही स्थानमा बदली भएको हो।
मंगलबार साँझ र राति कतैकतै छिटफुट वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। जलवाष्पयुक्त हावाको पर्याप्त प्रभाव नहुँदा वर्षाको धेरै सम्भावना भने छैन। काठमाडौंमा भोलि र पर्सिको मौसम सामान्य रहने महाशाखाले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment