महानगर प्रहरीले कुटपिट गरेको भन्दै फुटपाथ व्यापारीहरुको प्रदर्शन
काठमाडौं। काठमाडौं महानगरपालिकाका नगर प्रहरीले कुटपिट गरेको भन्दै फुटपाथ व्यापारीहरुले काठमाडौंको सुन्धारामा प्रदर्शन गरेका छन्।
राती आठ बजेपछि सुन्धरा क्षेत्रमा व्यापार गर्दा नगर प्रहरीले निर्घात कुटपिट गरेको भन्दै फुटपाथ व्यापारीहरुले प्रदर्शन गरेका हुन्। उनीहरुले महानगरको ज्यादती कहिलेसम्म, सांघातिक आक्रमण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
यसअघि बुधबार साँझ सुन्धारा क्षेत्रमा सडक व्यापार गर्ने विषयमा काठमाडौ नगर प्रहरी र फुटपाथ व्यापारीबीच झडप भएको थियो। महानगरले भने आफूहरूमाथि फुटपाथ व्यापारीले आक्रमण गरेपछि झडपको स्थिति सिर्जना भएको दावी गरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment