आज ५ बजे नयाँ मन्त्रीको शपथ ग्रहण

डिसी नेपाल
२१ फागुन २०८० १६:३०
488
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ मन्त्रीहरुलाई सोमबार नै शपथ ग्रहण गराउने भएका छन्।

राष्ट्रपति कार्यालयलाई पत्र पठाएर प्रधानमन्त्री प्रचण्डले सोमबार बेलुका ५ बजे नयाँ मन्त्री शपथ गराउने जानकारी गराएका छन्।

सोमबार ३ जना मन्त्रीले शपथ लिने तयारी छ। मन्त्रीहरुको शपथ ग्रहणको तयारी राष्ट्रपति कार्यालयले थालेको छ।

कांग्रेससँगको गठबन्धन तोडिएपछि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले एमाले, रास्वपासहितलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *