एनआरएनए कतारको सचिवमा डिल्लीराम भट्टराईको उम्मेदवारी घोषणा

डिसी नेपाल
१६ साउन २०७६ १७:२४

दोहा ।  गैर आवसीय नेपाली संघ (एनआरएनए) कतारको सचिव पदमा डिल्लीराम भट्टराईले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

विगत १३ वर्षदेखि कतारमा कार्यरत रहेका भट्टराई विभिन्न सामाजिक कार्यक्रममा सक्रिय छन् ।सामाजिक क्षेत्रमा आफूले आर्जन गरेको अनुभवको आधारमा सचिवमा उम्मेदवारी  घोषणा गरेको बताए ।

कतारमा स्थापित विभिन्न सामाजिक संस्थाको नेतृत्व समेत गरिसकेका भट्टराईले सन २०११ देखि एनआरएनए कतारको पार्सद सदस्य रहँदै २०१७ -२०१९ को कार्यकालमा सङ्घसंस्था समन्वय समितिको सहसंयोजकको जिम्मेवारी निर्वाह गरिरहेका छन्।

सन २००९ सालदेखि पर्वत समाज कतारमा आबद्ध हुँदै आफ्नो सामाजिक कार्यलाई निरन्तरता दिदैँ आएका उनी हाल संस्थाको मानार्थ सदस्य रहेका छन्।

यस्तै सन २००९ मा स्थापना भएको समाज सेवा अभियान रूपन्देहीमा सन २०१० देखि आबद्ध भै हाल दोस्रो पटक पुन सर्वसम्मत अध्यक्षको कार्यभार सम्हाल्दै आएका छन् । त्यस्तै उनी प्रदेश नम्बर पाच समन्वय परिषद कतारको महासचिवको जिम्मेवारीमा छन्।

भट्टराईको आफूले दिएको उम्मेदवारी खेर नजाने दावी छ। ‘मैले एनआरएनए कतारको २०१७–२०१९ कार्यकालको लागि युवा संयोजकमा उम्मेदवारी दिएको थिए । तर, अग्रजको सल्लाहमा सहमतिको लागि उम्मेदवारी फिर्ता लिएको थिए । यसपटक मलाई सबैको सहयोग मिल्नेमा आशावादी छु ।’ उनले भने ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *