अमन र अलिशा ‘मोडल हन्ट नेपाल जनकपुर २०१९’ घोषित
????????????????????????????????????
काठमाडौं । अमन शाह र अलिशा रजक ‘मोडल हन्ट नेपाल जनकपुर २०१९’ घोषित भएका छन्।
३६ प्रतियोगीलाई पछि पार्दै दुबैले उपाधि चुमेका हुन्। अमन पुरुष तर्फको बिजेता बन्दा अलिशा महिला तर्फको बिजेता बन्न सफल भइन्। बिजेता सबैले नगद १ लाख सहित मोडल हन्ट नेपालमा सहभागीको अवसर प्राप्त गरेका छन्।
जनकपुरको उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न प्रतियोगितामा कार्यक्रममा नितेश सिंह र अमित शाह पुरुष तर्फ क्रमश फष्ट एण्ड सेकेन्ड रनरअफ घोषित हुँदा महिला तर्फ त्रिशना थापा फष्ट रनर अप र नेहा शर्मा सेकेन्ड रनर अप घोषित भएका थिए।
नेष्ट मोडलस् नेपालका अध्यक्ष रवी धमला, अभिनेत्री मोडल सृजना रेग्मी, रुस्का श्रेष्ठ बरिष्ट ब्युटिसियन तथा उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र भण्डारी लगायत निर्णायक रहेको प्रतियोगितामा पुरुष तर्फ राहुल झा मोष्ट ट्यालेन्ट, सन्तोष शाह बेष्ट वाक, राधव जयसवाल मष्ट डिसिप्लेन, सुभाष ठाकुर मष्ट पपुलर, नितेश सिंह पब्लिक च्वाइस्, आषिश ठाकुर सोशल रेस्पोन्सिवल, अमित शाह बेष्ट फिजिक र कर्मसियल मोडल, नितेश सिंह फोटोजेनिक, रिशी आनन्द चौधरी मस्ट स्टाइलिस, जस्टिन देवकोट मिष्टर कन्जिनेटल्ली, बेष्ट पर्शनालिटी सत्रोहन शर्मा घोषित भए।
त्यस्तै महिला तर्फ त्रिशना थापा मोष्ट ट्यालेन्ट, अमिसा फुयाल बेष्ट वाक, प्रियान्सु शाह मष्ट डिसिप्लेन, पब्लिक च्वाइस् र सोशल रेस्पोन्सिवल नुपुर सरकारा मष्ट पपुलर, अलिशा रजक बेष्ट फिजिक र कर्मसियल मोडल, प्रिंन्की यादव फोटोजेनिक र मिस कन्जिनेटल्ली, इशा शाह बेष्ट पर्शनालिटी घोषित भए।
विक्रम आदित्य महासेठ क्षेत्रीय निर्देशक रहेको प्रतियोगिता ‘मोडल हन्ट नेपाल’मोडलिङ पेसालाई व्यवसायिक एवं मर्यादित बनाउदै फेसन तथा मोडलिङ जगतमा नयाँ आयामको शुरुवात गर्ने उदेश्यले आयोजना हुँदै आएको नेष्ट मोडलस् नेपालका अध्यक्ष रवी धमलाले बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment