सेनाका पूर्वपाइलट बिष्टको मृत्यु
धनगढी। सुदूरपश्चिमको बैतडीस्थित पुर्चौडीको कालागाउँ पुर्ख्यौली घर भएका नेपाली सेनाका एक पाइलट एवं पूर्वकर्नेल (रिटार्यड) को मृत्यु भएको छ।
काठमाडौंमा बस्दै आएका पूर्वकर्नेल सुवर्ण बिष्टको आज मृत्यु भएको हो। विष्टको हृदयाघात भएर मृत्यु भएको बताइएको छ। उनी बिहान आफैं गाडी चलाएर अस्पताल गएका थिए।
उनी नेपाली सेनाको सुदूरपश्चिमबाट पाइलट हुने पुराना पाँच जनामध्ये एक हुन्। उनी नेपाली सेनाका सिनियर क्याप्टेन अवकाश प्राप्त महासेनानी (फुल कर्णेल) हुन्। उनको आज राति पशुपती आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment