भरुवा बन्दुकसहित पक्राउ
दमौली। जिल्ला प्रहरी कार्यालय तनहुँले शुक्लागण्डकीबाट भरुवा बन्दुकसहित आज एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–११ भुसुनापुर बस्ने ५६ वर्षीय कुलबहादुर शाही रहेका छन्।
प्रहरीले निजलाई अवैध एक थान भरुवा बन्दुकसहित घरबाटै पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले घरतलासी गर्दा लुकाइछिपाइ राखेको बन्दुकसहित निजलाई पक्राउ गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment