राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित
काठमाडौं। राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भएका छन्। दाहालको पक्षमा ३९ मत परेको छ। यसैगरी नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माल १७ मत पाए।
मतदानमा ५६ जना सांसद उपस्थित थिए। यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत रहेको उल्लेख गर्दै सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरिन् ।
त्यसअघि दाहालका प्रतिस्पर्धी विपक्षी दलका उम्मेदवार नेपाली कांग्रेसका सांसद युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ मत परेको थियो। दुवै प्रस्तावको मतदानमा ५६ सांसद सहभागी भए भने एक सांसद तटस्थ बसेका थिए। कुल ५९ सदस्यीय हुने सो सभामा हाल ५८ सदस्य कायम छन्।
दाहाललाई अध्यक्ष पदको उम्मेदवारका लागि माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की अछामीले प्रस्ताव गरेका थिए भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद देवेन्द्र दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले समर्थन गरेका थिए।
सभाका नवनिर्वाचित अध्यक्ष दाहाललाई बधाई दिँदै उपाध्यक्ष अर्यालले कार्यकालको सफलताको कामना गरिन्।
नेपाली कांग्रेसका उम्मेदवार शर्मालाई अध्यक्ष पदमा नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले प्रस्ताव गरेका थिएभने कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंहले समर्थन गरेका थिए।
नाताले उनी प्रचण्डका काकाका छोरा हुन्। तर संसदको विवरणमा २०३५ सालयता उनी पार्टी सदस्य भएको उल्लेख छ।
सोमवार उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरूसँग बोल्ने क्रममा उनले अन्तरिम व्यवस्थापिका संसदमा सदस्य भए देखि नै ‘पार्टीको कुनै पनि जिम्मेवारी लिनुपर्दा’ आफूलाई त्यस्तो आरोप लाग्नेगरेको बताए।
राष्ट्रियसभामा चाहिँ उनी मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिबाट हुने मनोनयन अन्तर्गत नियुक्त भएका हुन्।








डिसी नेपाल








Facebook Comment