चोरी मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

डिसी नेपाल
१७ साउन २०७६ ०:०७

काठमाडौं । चोरी मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक चौतारा साङगाचोक गडी नगरपालिका–१० बस्ने २७ वर्षीय विजय तामाङ र सोही नगरपालिका–९ बस्ने २८ वर्षीय गाजले भन्ने निकेश तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौंबाट खटिएको प्रहरीले विजय तामाङलाई भक्तपुर सूर्यविनायकबाट बुधबार र निकेश तामाङलाई भक्तपुर बोडेबाट साउन ७ गते पक्राउ गरेको हो।

चोरी मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतको २०७१ पुस २३ गतेको फैसलाले दुवै जनालाई ४ बर्ष १ महिना १५ दिन कैद र ४३ हजार १ सय २५ रुपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय वेरुजु रही फरार रहेका थिए।

२०७० सालमा प्रतिवादीहरुले सिन्धुपाल्चोक देउरालीस्थित बाटोमा हिड्ने ब्यक्तिलाई डर त्रासमा पारी नगद रकम जबरजस्ती चोरी गरेका थिए।

भक्तपुर जिल्ला अदालतले दुवैजना प्रतिवादीहरुलाई कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाएको सो ब्यूरोले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *