वुमन्स प्रिमियर लिगको उपाधि बैंग्लोरले जित्यो

डिसी नेपाल
५ चैत २०८० ७:४४
108
Shares

बैंग्लुरु। वुमन्स प्रिमियर लिगको उपाधि पहिलो पटक रोयल च्यालेन्जर्स बैंग्लोरले जितेको छ। दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गर्दै वैंग्लोरले उपाधि कब्जा गरेको हो।

लिगमा दिल्लीमाथि बेंगलुरुको यो पहिलो जित पनि थियो। यसअघि दुई टोलीबिच भएका ४ खेल दिल्लीले जितेको थियो।

नयाँ दिल्लीको अरुण जेटली स्टेडियममा आइतबार टस जितेर ब्याटिङमा आएको दिल्ली क्यापिटल्स १८.३ ओभरमा ११३ रनमा अलआउट भयो। जवाफमा बैंगलोरले १९।३ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पछ्यायो।

एलिस पेरीले अविजित ३५ र ऋचा घोषले १७ रनको योगदान दिएकी थिइन्। सोफी डिभिनले ३२ र कप्तान स्मृति मन्धानाले ३१ रन जोडिन्।

११४ रनको सहज लक्ष्य बेङ्लुरुका ब्याट्सम्यानले निकै संयमित ढंगले पछ्याएका थिए। कप्तान स्मृति मन्धाना र सोफी डिभिनको ओपनिङ जोडीले टोलीको जितको जग बसाल्यो। दुवैले ४९ बलमा ४९ रनको ओपनिङ पार्टनरसिप गरे। त्यसपछि स्मृतिले कप्तान एलिस पेरीसँगै टोलीको स्कोर ८२ रनमा पुर्‍याइन्।

टस जितेर पहिले ब्याटिङ रोजेपछि दिल्लीले शेफाली वर्मा र कप्तान मेग ल्यानिङको साथमा राम्रो सुरुवात गरेको थियो। दुवैले ४३ बलमा ६४ रनको ओपनिङ पार्टनरसिप गरे। टोलीले ५५ रनमा थप ९ विकेट गुमाएको थियो। कप्तान मेग ल्यानिङले इनिङ्सलाई सम्हाल्ने असफल प्रयास गरिन्। दिल्लीका लागि ओपनर शेफाली वर्माले २७ बलमा ४४ रनको इनिङ खेलिन् भने कप्तान मेग ल्यानिङले २३ रनको योगदान दिइन्।

बैंगलोरका लागि श्रेयंका पाटिलले ४ विकेट लिइन् भने सोफी मोलिनक्सले ३ विकेट लिइन्। आशा शोभनाले दुई विकेट लिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.