टिकटक निर्माता कम्पनीले अब स्मार्टफोन बनाउने!

डिसी नेपाल
१७ साउन २०७६ १०:४६

एजेन्सी । पछिल्लो समय युवामाझ टिकटक निकै लोकप्रिय बन्दै गइरहेको छ। यसको प्रयोगकर्ता ५० करोडभन्दा धेरै पुगिसकेका छन्। यसको व्यापक सफलतासँगै कम्पनीले स्मार्टफोनको व्यवसायमा पनि आफ्नो कदम बढाउने भएको छ।

टिकटकको निर्माता कम्पनी बाइटडान्स स्मार्टफोनको क्षेत्रमा प्रवेश गर्न लागेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन्। चीनको पत्रिकाका अनुसार बाइटडान्सको नयाँ मोबाइल २०२० को सुरुवातमा सार्वजनिक हुनेछ। तर नयाँ कम्पनीलाई पुराना कम्पनीसँग प्रतिस्पर्धा गर्न निकै चुनौती रहेको छ।

फेसबुक, गुगल, अमेजनजस्ता ठूला कम्पनी प्राविधिक क्षेत्रमा निकै शक्तिशाली छन्। सामाजिक सञ्जाल एपबाट सुरु गरेको फेसबुकसँग ह्वाट्सएप र इन्स्टाग्राम जस्ता दुई ठूला कम्पनी छन्। गुगल कम्पनीको गुगल पिक्सल स्मार्टफोन सफल भएको छ। यस्तै अमेजन कम्पनीको ट्याबलेट र ई रिडर्सले प्रयोगकर्ताको मन जित्न सफल भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *