रेसुंगा विमानस्थलबाट आजदेखि सातामा तीन उडान

डिसी नेपाल
५ चैत २०८० ११:२६
68
Shares

गुल्मी। रेसुंगा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने भएको छ।

यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान हुँदै आएकोमा अब सोमबार पनि सोही एयरलाइन्सले उडान भर्न लागेको रेसुंगा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए।

रेसुंगा नगरपालिकाका प्रमुख खिल्धवज पन्थीले यात्रुको चाप बढेकाले नेपाल एयरलाइन्ससँग समन्वयमा एक उडान थप गरिएको बताए।

“यात्रुको चाप बढेपछि थप एक उडान सुरु गर्न लागिएको हो। आगामी दिनमा यात्रुको चापका आधारमा थप उडानबारे एयरलाइन्ससँग आवश्यक समन्वय गरिनेछ”, उनले भने।

नेपाल एयरलाइन्सको १८ सिट क्षमताको जहाजले प्रत्येक साताको बुधबार र शुक्रबार विहान काठमाडौं-रेसुंगा-काठमाडौं उडान गर्दै आएको छ।

काठमाडौं-रेसुंगा लागि सात हजार दुई सय ८० र रेसुंगा-काठमाडौं रुटका सात हजार ८० भाडादर निर्धारण गरिएको छ। रेसुंगा बिमानस्थल सदरमुकाम तम्घासबाट पाँच किलोमिटरको दुरीमा पर्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *