नोभाक जोकोभिचले इन्डियन वेल्समा हार बेहोरेपछि मियामी ओपन नखेल्ने घोषणा

डिसी नेपाल
६ चैत २०८० ८:४०
20
Shares

काठमाडौं। शीर्ष स्थानमा रहेका नोभाक जोकोभिचले इन्डियन वेल्समा हार बेहोरेपछि मियामी ओपन नखेल्ने भएका छन् ।

सो हार भोगेको एक साताभन्दा कम समयमै मियामी ओपन नखेल्ने जनाएका हुन्। उनले आफ्नो निजी र व्यावसायिक तालिका सन्तुलनमा राख्नका लागि सो कदम चालेको जनाएका छन्।

बीएनपी पारिबास ओपनको तेस्रो राउन्डमा शनिवार लुका नार्डीसँग ६–४, ३–६, ६–३ ले पराजित भएपछि जोकोभिचले सोमबार आफ्नो सामाजिक सञ्जाल खातामा घोषणा गरेका हुन्।

‘मेरो करियरको यो चरणमा, म मेरो निजी र व्यावसायिक तालिका सन्तुलनमा छु। म संसारका केही उत्कृष्ट र सबैभन्दा जोसिलो फ्यानहरू अनुभव गर्न नपाएकोमा माफी चाहन्छु,’ जोकोभिचले लेखे।

३६ वर्षीय जोकोभिच मियामीमा ६ पटकका च्याम्पियन हुन् । पुरुष हार्डकोर्ट प्रतियोगिता मार्च २० बाट सुरु हुदैँछ।

कीर्तिमानी २४ पटकको ग्राण्डस्लाम च्याम्पियन जोकोभिच यस सिजनमा ८–२ ले पछि रहेका छन् तर २०२४ मा भने उनले अहिलेसम्म कुनै उपाधि जित्न सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.