खेललाई राजनीतिबाट टाढा राख्न अफगानिस्तानको अष्ट्रेलियालाई आग्रह
काठमाडौं । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले अस्ट्रेलियाली क्रिकेट टोलीले आफ्नो द्विपक्षीय शृंखला स्थगित गरेकोमा निराशा व्यक्त गरेको छ। एसीबीले निष्पक्ष र राजनीतिमुक्त क्रिकेट खेल्ने आफ्नो अडानमा अडिग रहेको जनाएको छ ।
क्रिकेट अस्ट्रेलिया तेस्रो पटक अफगानिस्तानसँगको सिरिजबाट बाहिरिएको छ ।
एसीबीले क्रिकेटलाई राजनीतिक प्रभावबाट टाढा राख्न वकालत गर्दै अफगानिस्तानमा यो खेलको महत्व र त्यहाँका जनताका लागि यससँग जोडिएको खुसीको उल्लेख गरेको छ ।
एसीबीले अष्ट्रेलिया सरकारलाई क्रिकेट बोर्डमा आफ्ना नीतिहरू नथोपरी क्रिकेटको विकासमा सहयोग गर्न ध्यान दिन आग्रह गरेको छ ।
अफगानिस्तान क्रिकेट बोर्डले यस विषयमा क्रिकेट अष्ट्रेलियासँग छलफल गरिसकेको र उनीहरूलाई द्विपक्षीय शृंखलाबाट बाहिरिने सार्वजनिक रूपमा घोषणा गर्नुको सट्टा विकल्पहरू विचार गर्न भनेको छ।
एसीबीले दुवै देशका क्रिकेट टोलीले तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने बताएको छ । क्रिकेट अष्ट्रेलियाको प्रतिनिधिमण्डलको उपस्थितिमा आईसीसीले यो सिरिजलाई हरियो संकेत दिएको हो ।







डिसी नेपाल







Facebook Comment