प्रहरीलाई एक हजार घुस दिन खोज्ने एक युवक पक्राउ
काठमाडौं। डिउटीमा खटिएको प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई पक्राउ गरिएको छ।
प्रहरीले काठमाडौं नैकाप घर भएका ३२ वर्षीय दिलबहादुर तामाङलाई बिहीबार दिउँसो बा.८८ प ७६८३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा पक्राउ गरेको हो।
उनले काठमाडौं महानगरपालिका–१५ हलचोकस्थित डिउटीमा खटिएको प्रहरीलाई १
हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment