फिफा विश्वकप छनोटः नेपालको फराकिलो हार

डिसी नेपाल
९ चैत २०८० ६:५६
92
Shares

काठमाडौं। फिफा विश्वकप छनोट अन्तर्गत बहराइनमा भएको खेलमा नेपालले घरेलु टोली विरुद्ध फराकिलो हार बेहोरेको छ। बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा घरेलु टोली ५-० ले विजयी भएको हो।

खेलमा घरेलु टोलीले नै प्रभुत्व जमाउँदै खेलमा मौकाहरु सिर्जना गर्न सफल भयो। नेपालले बल पोसेसनका लागि निकै संघर्ष गर्नु परिरहेको थियो। समूह ‘एच’ मा ३ खेल खेलेको नेपाल अंक विहीन छ । बहराइन ३ खेलमा ६ अंक सहित दोस्रो स्थानमा छ।

समूहमा नेपाल र बहराइन सहित यमन र संयुक्त अरब इमिरेट्स (युएई) छन्। युएई ३ खेलमा ३ जित सहित शीर्ष स्थानमा छ । तीन खेलमा १ जित सहित यमन तेस्रो छ । नेपालले अब अर्को खेलमा बहराइन विरुद्ध नै मार्च २७ का दिन खेल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.