दलित अधिकार रक्षा गर्ने प्रदेशप्रमुखको प्रतिबद्धता

डिसी नेपाल
९ चैत २०८० ८:५३
28
Shares

कैलाली। सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले दलितका हकअधिकारको रक्षाका निम्ति आफू प्रतिबद्ध रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा धनगढी बिहीबार अपराह्न आयोजित कार्यक्रममा उनले दलितका अधिकार स्थापित गर्न आफ्नो पूर्ण सहयोग हुने बताएका हुन्।

समाजका सबै वर्ग मिलेर संविधान कार्यान्वयनमा जानसके मात्र दलितको अधिकार सुनिश्चितता हुने विचार व्यक्त गर्दै प्रदेशका प्रमुख मियाँले दलित आन्दोलनमा सबै नेपालीको ऐक्यबद्धता रहेको बताए । उनले भने, “छुवाछुत तथा जातीय भेदभावविरुद्ध नेपालको संविधानले गरेको व्यवस्थालाई बेवास्ता गर्न हुँदैन, त्यसको पूर्ण कार्यान्वयन हुनपर्छ भन्ने मेरो मान्यता छ ।”

त्यस अवसरमा सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनार, लक्ष्मी विक, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी र भजनी नगरपालिकाका उपप्रमुख राजु तिरुवाले जातीय भेदभाव एवं छुवाछुत दण्डनीय भएकाले कानुनले वर्जित गरेका गतिविधि कसैले पनि गर्न नहुनेमा जोड दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *