आइपीएल आजबाट सुरु हुँदै, कप्तानी छाडेका धोनी र कोहली भिड्दै

डिसी नेपाल
९ चैत २०८० १०:३८
136
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइएीएल) को १७ औं सिजन आजदेखि सुरु हुनेछ। पहिलो खेलमा चेन्नई सुपर किंग्स (सीएसके) र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) को टोली आमने सामने हुनेछन् । यो खेलमा चेन्नईको टोली आफ्नो नयाँ कप्तानको साथ मैदानमा उत्रनेछ ।

अब आईपीएलको पहिलो खेलबाट नयाँ युगको सुरुवात हुनेछ । चेन्नइ सुपर किंग्सको कमाण्ड अब महेन्द्र सिंह धोनीको सट्टा ऋतुराज गायकवाडको हातमा छ । उद्घाटन खेल चेन्नईको एमए चिदम्बरम स्टेडियममा बेलुका ८ बजेबाट सुरु हुनेछ ।

पाँच पटकको च्याम्पियन र पछिल्लो पटकको विजेता चेन्नईको टोली कीर्तिमानी छैटौं उपाधि जित्ने लक्ष्यमा छ । अर्कोतर्फ आरसीबी पहिलो पटक उपाधि कब्जा गर्न सक्दो प्रयास गर्नेछ। सीएसके र आरसीबी टोली आइपीएलमा अहिलेसम्म ३१ पटक आमने सामने भइसकेका छन्। यस अवधिमा चेन्नईले २० खेल जितेको छ भने बैंग्लोरले १० खेल जितेको छ । एक खेल अनिर्णित रह्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.