आरबीबी एनभिए भलिबलको फाइनलमा आर्मी र टिप टप हेल्प नेपाल

डिसी नेपाल
९ चैत २०८० १९:२०
60
Shares

काठमाडौं। आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा त्रिभुवन आर्मी क्लब र टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबबीच प्रतिष्पर्धा हुने भएको छ।

शुक्रबार भएको सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लब र टिप टप हेल्प नेपालले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । फाइनल खेल शनिबार हुने छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आर्मीले पुलिसलाई रोमांचक खेलमा ३–२ को सेटमा पराजित गरेको हो। आर्मी १८–२५, २५–२३,२४–२६,२५–१३, १५–१३ ले विजयी भएको हो।

त्यस्तै टिप टप हेल्प नेपालले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगीताको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *