प्रधानमन्त्री दाहाल आज हेटौंडा आउँदै

डिसी नेपाल
१६ चैत २०८० ८:२०
32
Shares

मकवापुर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन्। नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारण सभा उद्घाटनका लागि प्रधानमन्त्री वागमती प्रदेशको राजधानी हेटौँडा आउन लागेका हुन्।

आज र भोलि दुई दिन चल्ने साधारणको सबै तयारी पूरा भएको महासंघका महासचिव रोशन दाहालले बताए।

उद्घाटन समारोहमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, शहरी विकासमन्त्री धनबहादुर बुढा, बागमती प्रदेशका मुख्यमन्त्री शालिराम जम्कट्टेल लगायतको उपस्थिति रहने उनले जानकारी दिए। साधारण सभा स्थलमा निर्माण कम्पनीसँग सम्बन्धित २४ वटा स्टलहरु राखिने उनले बताए।

निर्माण व्यवसायी संघ मकवानपुरको सह-आयोजनामा हुने साधारणसभामा देशभरका ७७ जिल्ला शाखा, ७ प्रदेश, एसोसियट सदस्य तथा केन्द्रीय समिति तथा सल्लाहकार, पर्यवेक्षक गरि १ हजार ६ सयको सहभागिता रहने महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए। साधारण सभाका लागि १ करोड खर्च हुने आयोजकको अनुमान छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *