नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको अन्तिम खेल आज हुँदै

डिसी नेपाल
१९ चैत २०८० ७:०८

काठमाडौं। नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको अन्तिम खेल आज हुँदैछ। टियु मैदानमा हुने यो खेल अपरान्ह १ बजेदेखि शुरु हुने छ।

आयरल्याण्ड वोल्भ्सले यस अघिका दुवै खेल जितेर सिरिज जितिसकेको छ। आयरल्याण्ड वोल्भ्सले सिरिजको पहिलो खेल २१ रनले जितेको थियो भने दोस्रो खेल ४० रनले जितेको थियो।

अब सिरिजको तेस्रो खेलमा नेपाल ए ले विजयी लयमा फर्किने प्रयास गर्ने छ।

यो सिरिज पछि नेपाल ए ले अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ।

टी-२० सिरिज खेल्ने नेपाली ए टिम :

विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ती, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *