माल्दिभ्सका पूर्व उपराष्ट्रपति अवैध रुपमा भारत छिरेपछि…
एजेन्सी। मालवाहक पानी जहाजबाट अवैध रुपमा भारत प्रवेश गर्ने प्रयास गर्दा पक्राउ परेका माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदीब अब्दुल गफूरलाई शनिबार बिहान भारतबाट फिर्ता पठाइएको छ । उनी आफ्नो देशमा भ्रष्टाचार समेत कैयौं मुद्दामा आरोपी छन् ।
पलिस सूत्रका अनुसार उनीसँग आएका जहाज चालकदलका ९ सदस्यलाई पनि अन्तर्राष्ट्रिय सीमामा माल्दिभ्को सुरक्षा बलको जिम्मा लगाइएको छ । अदीब मुद्री मार्गबाट तमिलनाडु तटमा पुगेका थिए तर उनीसँग वैध दस्तावेज नभएका कारण उनलाई प्रवेश दिइएन ।
यसअघि माल्दिभ्स पुलिसले एक बयान जारी गर्दै भनेको थियो कि अदीबमाथि सार्वजनिक सम्पत्तिको दुरुपयोग, भ्रष्टाचार र मनी लण्ड्रिङको आरोप छ । सर्वोच्च अदालतले उनलाई विदेश यात्रामा रोक लगाएको छ । विभिन्न आरोपमा सोधपुछको लागि ३१ जुलाइमा उनी पुलिसमा पेश हुनुपर्नेमा उनी फरार भएका थिए ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment